Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

प्रधानमन्त्रीद्वारा आफ्नो थाइल्याण्ड भ्रमणबारे सदनलाई जानकारी


काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्ड भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भोलि (मंगलबार) आफू थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन्।

नेपालको कार्यकारी प्रमुखले औपचारिक रूपमा ६५ वर्षपछि थाइल्याण्डको भ्रमण गर्न लागेको प्रधानमन्त्री ओलीले बताए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ भने दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

उनले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए। प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन् र सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नेछन्।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट