Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

गणतन्त्रवादीहरुलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?


काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजा हटाएर गणतन्त्रवादीहरूले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा गणतन्त्रवादीहरूले देशमा लुटतन्त्र मच्चाइरहेको र यसका लागि राजतन्त्र आवश्यक रहेको बताए।

उनले हरेक आन्दोलनमा युवाहरूको योगदान रहने भन्दै युवाशक्तिलाई नहोच्याउन चेतावनी समेत दिए। तिनकुने घटनामा आन्दोलनकारीहरूले मात्रै ज्यादति नगरेको बताउँदै उनले सरकारले पनि नागरिकमाथि दमन गरेको बताए।

‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादति गरेको हो ? त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस–एमाले भन्नेहरू आज सत्तामा आइपुग्दा मादल बजाउँदै आइपुगेको हो ? तपाईंहरू तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? ‘ अध्यक्ष लिङदेनले तिनकुने घटनाको छानविन गर्न न्यायिक आयोग गठन हुनुपर्ने माग गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट