Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी


काठमाडौं । कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।

उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा उल्लेख गर्दै यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।

नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि अनुरोध गरेको थियो । जसलाई कतार सरकारले स्वीकार गर्दै नेपाली नागरिकहरूलाई आममाफी दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट