Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

झिनो अंकले बढेर बन्द भयो सेयर बजार


काठमाडौं, २१ चैत । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार २५.३१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा कायम भएको हो। कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। बुधबार ५ अर्ब बराबरको सेयर कारोबार भएकोमा आज ७ अर्बमाथिको कारोबार भएको छ।

यसदिन ३२४ स्क्रिप्सको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँमा खरिदबिक्री भए। आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ग्रीन भेन्चर्सको सेयर ९।९९ प्रतिशतले बढ्यो। उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९।१० प्रतिशतले घट्यो।

यसैगरी कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट