Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

विश्व वायु प्रदूषणको पहिलो नम्बरमा काठमाडौं


काठमाडौं, २२ चैत । विगत केही दिनदेखि काठमाडौं उपत्यकाको वायु प्रदूषण निकै खराब अवस्थामा देखिएको छ । वायु प्रदूषणको खराब स्थितिमा काठमाडौं आज पनि पहिलो नम्बरमा रहेको छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरमा रहेको छ । यहाँको एयर क्लालिटी इन्डेक्स २४१ छ । यो भनेको अति खतरनाक अवस्था हो ।

एक्यूआई १५० भन्दामाथि जानु नै खराब मानिन्छ । अहिलेको वायुको अवस्था निकै विषालु रहेको छ । वायु प्रदूषण खराब स्थितिमा पुग्दा आँखा पोल्नेलगायतका समस्या देखिन थालेका छन् । त्यस्तै श्वासप्रश्वास, छाला तथा अन्य दीर्घ रोगीहरूलाई पनि यसले समस्या पार्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।

यसबाट बच्नका लागि विभिन् सुरक्षाका उपायहरू अपनाउन पनि विज्ञहरूले सुझाव दिएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट