Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं, २२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका १ घर भई बुढानिलकण्ठ नगरपालिका ६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका ९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका १० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।

राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले दुई जना पीडितहरूबाट दुई लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट