Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

आफ्नो गृहनगरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणको अमेरिकाले आलोचना नगरेकोप्रति जेलेन्स्की क्रुद्ध


किएभ, २४ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गरेका छन् ।

युक्रेनको मध्य भागमा रहेको क्राइभी रिग शहरमा रहेको बालबालिकाको खेलमैदान नजिकै रहेको एक आवासीय क्षेत्रमा शुक्रबार साँझ रुसी क्षेप्यास्त्र प्रहार भएको थियो ।

“आक्रमणमा ७२ जना घाइते भएका थिए भने उनीहरूमध्ये १२ जना बालबालिका रहेका छन्,” निप्रोपेट्रोभ्स्कका गभर्नर सर्गी लिसाकले आपतकालीन अभियानको अन्त्य पछि भने । आक्रमणपछि शहरका अधिकारीहरूले उक्त क्षेत्रमा तीन दिनको शोक घोषणा गरेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा एक भावनात्मक वक्तव्य जारी गर्दै आक्रमणमा मारिएका प्रत्येक बालबालिकाको नाम लिएका छन् भने अमेरिकी दूतावासले रुसलाई आक्रमणकारीको रूपमा उल्लेख नगरेकोमा आश्चर्य व्यक्त गरेका छन्।

जेलेन्स्कीले लेखेका छन्, “दुर्भाग्यवश, यस्तो बलियो देश, यति बलियो जनता र यस्तो कमजोर प्रतिक्रिया अमेरिकी दूतावासको प्रतिक्रिया अप्रिय आश्चर्यजनक छ ।” उनले भनेका छन्, “बालबालिकालाई मार्ने क्षेप्यास्त्रको बारेमा कुरा गर्दा उनीहरू ’रुसी’ शब्द भन्न समेत डराउँछन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच आंशिक युद्धविरामका लागि दबाब दिइरहेका बेला मस्कोसँगको सम्बन्धमा सुधार ल्याउन अमेरिकाको आलोचना नगरेको जेलेन्स्कीले बताएका छन् । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट