पत्रकार भैरव रिसालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं, २५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका छन् । उनले सामाजि सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले लेखेका छन् ,’एक ईमान्दार, स्पस्ट वक्ता, निर्भिक र उर्जावान व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति गहिरो दुस्ख व्यक्त गर्दछु । २०१३ सालदेखि निरन्तर इमानको पत्रकारिता र समाजसेवा गर्दै वैचारिक रुपमा दृढ एवं व्यवहारिक रुपमा सरल जीवनशैलीका साथ झण्डै एक शताब्दी लामो जीवन यात्रा पूरा गर्नुभएका रिसाल नेपाली पत्रकारिता एवं बामपन्थी आन्दोलनको इतिहासमा प्रेरणाको स्रोतको रुपमा रहिरहनुहुने छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया