Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं


काठमाडौं, २६ चैत । काठमाडौं मंगलबार पनि विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेको छ।

आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २७१ छ। एक्यूआई २०० भन्दा माथिलाई विश्व स्थास्थ्य संगठनले अति अस्वस्थकर सूचीमा राखेको छ।​

काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित शहर बनेका छन्। वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ ।

काठमाडौ‌ंमा दिउँसोपख हल्का पानीसँगै हावाको बेग पनि केही मात्रामा बढ्ने हुँदा वायु प्रदूषण पनि कम हुने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट