Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

नारायाणी नदिमा हिजो बेपत्ता भएका दुई दिदीबहिनीको शव भेटियो


पूर्वी नवलपरासी, २७ चैत । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ ।

चैत २६ गते नुहाउने क्रममा डुबेर बेपत्ता भएको भएका थिए सोही ठाउँ बस्ने १३ वर्षीया दिक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वपनिल सेर्पुञ्जा शव बुधबार फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बढाथोकीको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराईबाट बुधबार बिहान ११ः३० बजे र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराईबाट अपराह्न १२ः३० बजे निकालिएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट