Techie IT
Samayabaddha
बुधबार, २४ वैशाख, २०८२

सरकारले शिक्षकहरुको मागप्रति बेवास्ता गर्यो : झलनाथ खनाल


काठमाडौं, २७ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हप्ता दिनदेखि काठमाडौँमा आन्दोलित शिक्षकका माग सरकारले सुनेको नसुन्यै गरिरहेको आरोप लगाएका छन्।

बुधाबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले ऐक्यबद्धता जनाएका छन्। ‘विगत ७ दिनदेखि देशको राजधानी काठमाडौँमा देशभरका शिक्षकहरू अभिलम्ब नयाँ शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग राखी सडक आन्दोलनमा उत्रिएका छन्,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘तर शिक्षकहरूका मागहरूलाई सरकारले सुनेको नसुन्यै गरिरहेको छ। उनीहरूका जायज आन्दोलनप्रति वेवास्ता गरिरहेको छ।’

उनले अगाडि भनेका छन्, ‘यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी, वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरुको यो आन्दोलनप्रति दर्हो ऐक्यबद्धता प्रकट गर्दछु।’

खनालले उनीहरुका मागलाई अविलम्ब सम्बोधन गरेर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट