Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली


काठमाडौं । मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली आज स्वदेश फिर्ता भएको छ ।

१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिम सहित कुल १६ सदस्यीय टोली चैत्र २० गते आफ्नै जहाजमा सेना त्यस तर्फ प्रस्थान गरेको थियो ।

नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहित खटिएको टोली म्यानमारको म्याण्डले स्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचारमा खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उपचारको क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओ।पि।डि। सेवा प्रदान गरेको सेनाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट