Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौं, ३१ चैत । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजारमा पुगेको सुन आज १ हजारले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ पुगेको छ।

शुक्रबार एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ कायम भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट