Techie IT
Samayabaddha
शनिबार, १३ भदौ, २०८३

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी स्वदेश फिर्ता भएका टोलीलाई जङ्गी अड्डामा सम्मान


काठमाडौं, ३१ चैत । मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारका लागि खटिई स्वदेश फिर्ता भएको नेपाली सेनाको टोलीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रशंसा निसानद्वारा सुशोभित गरेका छन् ।

आज एक कार्यक्रमकाबिच जंगी अड्डामा सुशोभित हुनेहरुमा रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा २३ जना छन् ।

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्नको लागि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बर सहितको टोली यही चैत्र २० गते म्यानमार प्रस्थान गरी २९ गते स्वदेश फिर्ता भएको थियो।

शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहित खटिएको नेपाली सेनाको चिकित्सकीय टोलीले म्यानमारको म्याण्डले स्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपीडी सेवा प्रदान गरेको थियो ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट