निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाई
काठमाडौं । उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ ।
वैवाहिक बलात्कार मुद्दामा आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो ।
जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो ।
पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिइएको उच्चकी सूचना अधिकारी पार्वती हितानले रातोपाटीलाई बताइन् ।
सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमतिविना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो । जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।
वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो । त्यसपछि गिरीकी पत्नी सर्वोच्च अदालतमा अनसन बसेकी थिइन् । बहस चलिरहँदा इजलासमै विषसमेत समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया