Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

त्रिविको उपकुलपतिमा खड्ग केसी नियुक्त


काठमाडौं, २ वैशाख । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख)बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो।

विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट