Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौँ, ३ वैशाख । सुनको मूल्य तोलाको रू. एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रू। एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा रू. दुई हजार सात सय बढेर रू. एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रू. एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रू. १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट