वीरगञ्जको सुरक्षाको अवस्था सामान्य, निषेधाज्ञा हट्यो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाउने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गएको वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया