Techie IT
Samayabaddha
शनिबार, १३ भदौ, २०८३

कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको बोर्डको भनाई


काठमाडौँ, ५ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ।

कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचना सामाजिक सञ्जालमा सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न विद्यार्थीहरूलाई आग्रह गरेको हो।

‘बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ,’ बोर्डले भनेको छ।

परीक्षाजस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेउपर साइबर कानुनअनुसार आवश्यक कारबाही लागि प्रक्रिया अगाडि बढाइएको बोर्डको भनाइ छ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकहरूलाई बोर्डले अपील गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट