Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते


दाङ । दाङको लमही कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका ५ चिसापानीमा आज दिउँसो भारतीय गाडी दुर्घटना भएको छ । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरू सबै भारतीय हुन् चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको र घटनाबारे अनुसन्धान प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट