Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा छैनौँ : सांसद खतिवडा


काठमाडौँ, ८ वैशाख । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताएका छन्।

सोमबार निजामती विधेयक सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा बोल्दै उनले सेवाबाट अवकाश भई पेन्सन पाइरहेको व्यक्ति भ्रष्टाचारलगायतका नैतिक पतन देखिने गम्भीर प्रकृतिको मुद्दामा दोषी देखिए पेन्सन दिनुहुन्न भन्ने पक्षमा समिति रहेको बताए।

उनले राज्य कोषबाट दोहोरो सुविधा लिनुहुन्न भन्नेमा समितिका सदस्यहरू एकमत रहेको बताए।

सभापति खतिवडाले कुलिङ पिरियड आवश्यक भएको तर यस विषयमा समितिका सदस्यहरूको निर्णयलाई मान्यता दिने बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट