Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

सुनको मूल्य तोलाको दुई लाख रुपैयाँ नजिक


काठमाडौँ, ९ वैशाख । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबार एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा छ हजार ९०० ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट