तीन हप्तादेखिको शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौं, १० वैशाख । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले तीन हप्तादेखिको आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । महासंघले अनुशाासित,मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।
महासंघले आफूहरूको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरूलाई पनि काठमाडौंमा आउन आह्वान समेत गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ भने शिक्षा मन्त्री विद्या भट्टराइले राजीनामा दिइसकेकी छिन् ।
आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया