Techie IT
Samayabaddha
आईतबार, ११ असोज, २०८३

रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाडौं, ११ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराह्न २ बजेदेखि बस्ने बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ।

शुक्रबारदेखि संसदको बजेट अधिवेशन शुरु हुन लागेकोले त्यसको तयारी स्वरूप बैठक बस्न लागेको बताइएको छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट