Techie IT
Samayabaddha
शनिबार, १० असोज, २०८३

पियोर इनर्जीको आइपीओ बाँडफाँट


काठमाडौं, ११ वैशाख । पियोर इनर्जी लिमिटेडको आइपीओ आज (बिहीबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको बिक्री प्रबन्धकको भनाइ छ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणको लागि उक्त आइपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रूपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ८० करोड रूपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रूपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट