Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

बर्दियाको भादा नदीमा एक व्यक्तिको शव फेला


काठमाडौं, १२ वैशख । बर्दियामा भादा नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । गुलरिया नगरपालिका–५, सयलवा रामबाघका १९ वर्षीय सृजन पोख्रेलको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

शुक्रबार बिहान सशस्त्र प्रहरीको गोताखोरले नदीबाट सृजनको शव निकालेको हो । यही वैशाख १० गते गुलरिया–५ स्थित भादा नदीमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता थिए ।

उनको खोजीका निम्ति गोताखोरसहितको सुरक्षा फौज परिचालित थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट