Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

बारपाक पुगेर प्रचण्डले भने : चुनावमा गरेका बाचा बिर्सिएको छैन


गोरखा, १२ वशोख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन्। आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरेको बताएका हुन्।

‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ।’ उनले भने, ‘अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु।’

कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या रहेको बताए ।

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध गरे। उनले भने, ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ। तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट