प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम रद्द
काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा आज सम्बोधन नगर्ने भएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन्।
शीर्ष नेताहरू उपस्थित नहुने भएकाले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले बताए।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डमा छन्।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया