देउवा स्वदेश फर्कंदै, सत्ता परिवर्तन हुने आशंका

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कंदै छन् । पत्नी एंव परराष्ट्रमन्त्री आरजु राणासहित स–परिवार बैशाख ७ गते थाइल्याण्ड गएका उनी दिउँसो स्वदेश फर्किन लागेका हुन् ।
उनी स्वदेश फर्केसँग सत्ता परिवर्तन हुने आशंका गरिएको छ ।
सत्ता साझेदार दलका सभापति देशबाहिर रहेकै बेला शिक्षामन्त्री र गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएको अवस्था छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।
शिक्षक आन्दोलनको विषयमा सरकारको उदासिनताले पनि राजनीति पेचिलो बन्दै गएको भनिएका बेला सर्वोच्च अदालतले तीन दिनको समय दिएर समस्या समाधान गर्न आदेश दिएको छ । यीनै परिस्थितिले सत्ता परिवर्तन हुनसक्ने आंशका गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) ले पनि देउवा स्वदेश फर्किएपछि देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण हुने जनाएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया