Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

एमाले सचिव गोकर्ण विष्टको प्रश्न : कांग्रेस सत्तामा छ कि प्रतिपक्षमा चिन्न गाह्रो भो


काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले कांग्रेसका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै भने, ‘कहिलेकाहीँ त यस्तो लाग्छ। सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ। यो प्रकारको अवस्थाबाट माथि उठौँ। गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ।’

उनले सरकार ढल्दैछ भनेर निराशा पैदा गर्ने काम कसैले पनि गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै विष्टले यस्तो बताएका हुन्। त्यस्तै दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको उनले जिकिर गरे ।

उनले भने, ‘यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ। त्यसमा कुनै सत्यता छैन। दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन्। कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन्। असहमति भए त्यहीँ नै समाधान खोजौँ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट