Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार मधेस प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट