Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

आन्दोलनरत शिक्षक र सरकारबीच साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने, आन्दोलन यथावत


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भए पनि आन्दोलनरत शिक्षक र सरकारबीच साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने भएको  छ ।

वार्ताका दौरानमा शिक्षामन्त्री रघुजी पन्तले साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने बताएको शिक्षक महासंघका अध्यक्ष सुवेदीले जानकारी दिए । मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भएको थियो ।

नेपाल शिक्षक महासंघले भने आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ । मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भएको यसबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बस्ने जवाफ सरकारले दिएको वार्तामा सहभागी महासघका अध्यक्ष एवं आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीले बताए ।

अबको मन्त्रिपरिषद् बैठकले शिक्षकको मागबारे सकारात्मक निर्णय लिनेमा महासंघ विश्वस्त रहेको सुवेदीको भनाइ छ । यस्तै, उनले आन्दोलन कायमै रहने कक्षा १२ को परीक्षाबारे आफूहरू गम्भीर रहेको समेत बताएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट