घट्यो सुनको मूल्य

काठमाडौं, १७ वैशख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।
मंगलबार एक लाख ८८ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी एकहजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया