Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

गगन थापाले गरे सत्ता गठबन्धनको बैठक बहिस्कार


काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली र गगनबीच आरोप–प्रत्यारोप चलिरहेको छ । प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको उनको भनाइप्रति ओलीले सार्वजनिक मन्चबाट आपत्ति जनाएको पर्सिपल्ट आज बसेको गठबन्धन बैठकमा गगन नगएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक जारी छ । सरकारका कामकारबाही, शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रमबारे छलफल भैरहेको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री आरजु राणा उपस्थित छन् ।

एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीय ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीय यादव, श्रममन्त्री शरदसिंह भण्डारीलाई पनि आजको बैठकमा राखिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट