Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

डोटीमा बिद्युतीय हाइस दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते


डोटी, १७ वैशाख । डोटीमा बिद्युतीय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मंगलबार राति करिब ११ : ३० बजेतिर जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा दुर्घटनामा भएको हो ।

कैलालीको धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खस्दा एकजनाको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका–४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु्र्‍याइएको थियो । उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी रहेका छन् । त्यसैगरी हाइस चालक बैतडी पुर्चौडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट