रेशम चौधरी पक्राउ परेको झोकमा सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

काठमाडौं, १७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी बाहिरिने भएको छ । सो पार्टीकी अध्यक्षसमेत रहेकी सांसद रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिन लागेको जानकारी गराइन् ।
नाउपाका अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाटसमेत आममाफी पाएका रेशम चौधरी आखिर किन जेल परे ?
क्याटेगोरी : राजनीति
प्रतिक्रिया