Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

विद्यालय शिक्षक कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने


काठमाडौं, १८ वैशाख । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले आफूहरुसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गरेकाले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागिएको विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आज आकस्मिक बैठक बसेको थियो । परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।

उनीहरुले आज साँझ ७ बजे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् ।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट