प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
यसअघि चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा औएसओका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता शेखर कोइराला, नेपाली काँग्रेसका नेता उदय शम्शेर राणा, अर्का नेता प्रकाशशरण महत, माओवादीका उपमहासचिव जनार्दन शर्मालाई पनि भेटेका थिए ।
बुधबार चौथाइवालेले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा।आराजु राणा देउवा, गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया