एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीकाटिप्पणीबारे पनि आजको बैठकमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया