Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

वर्षाका करण पाँचवटा राजमार्गमा सवारीसाधन सञ्चालनमा अवरोध, दुई राजमार्ग पूर्ण रूपमा बन्द


काठमाडौं, २१ वैशख । केही दिनयता परेको वर्षाका कारण मुलुकभरका राजमार्गमध्ये पाँचवटा राजमार्गमा सवारीसाधन सञ्चालनमा अवरोध भएको छ ।

प्रहरीका अनुसार वैशाख २१ बिहान १०ः३० बजेसम्म दुई राजमार्ग पूर्ण रूपमा बन्द रहेका छन् भने तीनवटा राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।

कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाँउपालिका बगुवामा पर्ने सडक पूर्ण रूपमा बन्द छ । त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउापालिकामा पर्ने सडक पनि पूर्ण रूपमा बन्द छ ।

पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट–रोराङ सडकको कृष्णभिरमा पहिरोका कारण बाटो बन्दा भएकोमा अहिले एकतर्फी सुचारु भएको छ ।

अरनिको राजमार्गमा पर्ने सिन्धुपालचोकको भोटेकोशी गाउँपालिकाको कोप्लाङको सडक अविरल वर्षाका कारण एकतर्फी सञ्चालनमा छ । उक्त सडकमा सानो सवारी मात्र जाने–आउने गरेको छ ।

त्यस्तै बाढीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका विनयी खोलामा बाढी आउँदा बाटो एकतर्फी मात्र सञ्चालन भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट