करिब दुई सय किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

सुनसरी, २१ वैशाख । रामधुनी नगरपालिका ६ पिडारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम सहित बराहक्षेत्र नगरपालिका ४ बस्ने श्रीराज कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया