Techie IT
Samayabaddha
बिहीबार, ८ असोज, २०८३

प्रधानमन्त्रीसँग नेपालका लागि जापानका राजदूतको भेटवार्ता


काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास,बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकानी भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट