Techie IT
Samayabaddha
बुधबार, १९ कात्तिक, २०८२

माओवादी केन्द्रले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने


काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र)ले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले आगामी जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरू गर्ने निर्णय गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

साथै बैठकले ‘हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समीक्षा गरेको छ।

सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको पनि माओवादीले जनाएको छ। अभियानमा सहभागिता जनाएका समुदायप्रति माओवादीले धन्यवाद पनि दिएको छ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको थियो।

पार्टीका उपाध्यक्ष अग्नी सापकोटाका अनुसार भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ ।

गत  पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट