गौशालाबाट अवैध हुण्डीको ९५ लाख बरामद

काठमाडौं । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ ।
गौशालाबाट सो रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ घर भएका ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङकै ३९ वर्षीय सन्तोष घिमिरे छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया