Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली


काठमाडौं, २२ वैशख । झापामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

सोमबार बिहान कनकाई नगरपालिका ४ तल्लो चाप्रामारीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले जाँच्न खोजेको थियो। तर प्रहरीलाई देख्न बित्तिकै मोटरसाइकल र झोला फालेर एक पुरूष भागेको डिएसपी खड्काले बताए।

प्रहरीले झोलासहित २०४.०८० ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको छ।

प्रहरीले कारोबारीको खोजी गरिरहेको जनाएको छ ।

 


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट