Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

सेयर बजारको ओरालो यात्रा जारी


काठमाडौं, २२ वैशख । नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा आइपुगेको छ। नेप्से घट्दा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

यसदिन ३१९ स्क्रिप्सको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन आइतबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।

यसदिन चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्स,ओम मेघाश्री फरमाक्युटिल्स,सिटीजन्स सुपर ३० म्युचुअल र क्रेष्ट माइक्रो लाइफको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मकर जितुमाया सूरी हाइड्रोपावरको सेय ९.३० प्रतिशतले बढ्यो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट