Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

विश्व शेयर बजारका बादशाह वारेन वफेटद्धारा अवकाशको घोषणा


विश्वकै शेयर बजारको बादशाह र विश्वकै धनीहरुमध्येका एक वारेन वफेटले व्यवसायिक जीवनबाट अवकासको घोषणा गरेका छन् ।

‘मेरो विदा हुने समय आयो, यो वर्षको अन्तिमसम्ममा म व्यवसायिक जीवनबाट अलग हुनेछु’ बर्कशायर हाथ्वेको साधारणसभामा उनले घोषणा गरे ।

हाल ९४ वर्ष पुगेका वफेट सन् १९६५ अर्थात् ६० वर्ष अगाडि आफैले स्थापना गरेको उक्त कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत छन् । उनले यो वर्ष अर्थात् सन् २०२५ को अन्त्यदेखि आफूले सम्पूर्णरुपमा व्यवसायिक जीवनबाट अवकाश लिने र त्यो ठाउँमा ग्रेग एबललाई कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नको लागि साधारणसभामा प्रस्ताव गरेका थिए, जस्लाई साधारण सभाले पारित गरेको छ ।

‘कम्पनीको अध्यक्ष र सिईओकोरुपमा यो साधारण सभामा यो मेरो संवोधन हो’ भन्दै बोलेका उनले कम्पनीलाई अगाडि बढाउने जिम्मा नयाँ पुस्तामा आइपुगेको घोषणा गरे । साथै उनले अहिले राष्ट्रपति ट्रम्पको कारण अमेरिकी अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको बताउंदै वास्तविक लगानीकर्ताको परिक्षण समस्याको बेलामा नै हुने बताए । ‘हरेक व्यक्ति, संस्था वा देशले बेला बेलामा उतार चढाव भोग्नु पर्छ । वास्तविक नेतृत्वको परिक्षण समस्याको बेलामा नै हुन्छ, सहज अवस्थामा त जस्ले पनि काम गर्न सक्छ, असहज अवस्थामा कुशलतापूर्वक काम गर्नु ठूलो कुरा हो’ उनले आफ्नो अनुपस्थितिमा पनि कम्पनीलाई सफलतापूर्वक चलाउन अनुरोध गर्दै भने ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट