Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

स्टार्टअप कर्जाका लागि ६ सय ६१ परियोजना छनोट


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को स्टार्टअप कर्जाका लागि ६ सय ६१ वटा परियोजना छनोट भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले कर्जाका लागि दर्ता गरेका थिए ।

ती प्रस्ताव मध्येबाट १ हजार ३१४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६६१ वटा छनोट भएका हुन् ।

उनीहरूले २५ लाख रुपैयाँ सम्म कर्जा पाउने छन् । यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास प्रधानमन्त्री ओलीले लिएका छन् ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट