क्रोएसिया पठाइदिन्छु भन्दै पौने चार लाख रुपैयाँ ठगी गर्ने राजिन स्याङ्तान पक्राउ

काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंको शंखरापुरका राजिन स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बौद्धबाट सोमबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया