Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

एमालेको धनुषा अधिवेशनमा धाँधली, रघुवीर महासेठ इतर पक्ष धर्नामा


जनकपुरधाम, २३ वैशख । नेकपा एमालेको धनुषा अधिवेशनमा विवाद भएको छ । निर्वाचन कमिटीले धाँधली गरेको भन्दै एक पक्ष धर्नामा बसेका छन् । एमाले सचिव रघुवीर महासेठ इतर पक्षका उम्मेदवारहरू आफूहरुसँग धान्धली भएको भन्दै धर्नामा बसेका छन् ।

अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले एमालेको विधानअनुसार पदाधिकारीको उम्मेदवार हुन सदस्य वा भातृ संगठनमा केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान रहेकोमा त्यस्तो नमिलेका उम्मेदवारहरू विरुद्ध उजुरी गरेपनि कुनै कारवाही नभएको र अन्तिम नामावलीमा नाम उल्लेख गरेको भन्दै आपत्ति जनाउँदै धर्नामा बसेको बताए ।

उनले निर्वाचन कमिटीले पटक(पटक अन्तिम नामावली सार्वजनिक गरेको र उम्मेदवारको नाम हेरफेर गरेको, पहिलो पटक नाम नरहेका उम्मेदवारको दोस्रो नामावलीमा नाम रहेको आरोप लगाए ।

उनले यो पार्टीको आन्तरिक चुनाव रहेकाले यसमा निर्वाचन आयोगले स्वच्छ र धाँधलीरहित निर्वाचन गराउनुपर्ने अपेक्षा रहेकोमा त्यस्तो नभएको आरोप लगाए ।

मुस्लिम तर सदस्य पदका उम्मेदवार रहेका जानी खानले प्रारम्भिक नामावली सार्वजनिक हुँदा आफू निर्विरोध रहेको तर अन्तिम नामावली प्रकाशित हुँदा थप एक उम्मेदवारको नाम थपिएको आरोप लगाए ।

यस्तै, पूर्वमन्त्री समेत रहेका उमाशंकर अरगरियाले पार्टी पद्धति अनुसार चल्ने भएकाले फर्जी हस्ताक्षर गरेर उम्मेदवारी फिर्ता लिने काम भएको आरोप लगाए । उनले यो पार्टीको आन्तरिक चुनाव रहेकाले निर्वाचन स्थल भित्रै धर्नामा बसेको बताए ।

उनले कसैले चुनाव जिते पार्टी भित्रकै जित्ने भएकाले निष्पक्ष रुपमा चुनाव गराउन निर्वाचन कमिटीसँग माग रहेको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट